जेलबाट भागेका ‘टिके’लाई दुई गोली लागेपछि…

डिल्लीबजार कारगारबाट माघ ४ गते भागेका कैदी ुटिकेु भनिने टीकाबहादुर थापामगर प्रहरीको गोली लागि घाइते भएका छन् ।

टिके लुटपाट तथा डकैती मुद्दामा कैद भुक्तान गरिरहेका थिए । फरार भएलगत्तै टिकेलाई महानगरीय अपराध महाशाखाको टोलीले खोजिरहेको थियो ।
प्रहरीलाई देखेपछि भाग्न खोजेका महाशाखाको टोलीले उनीमाथि गोली प्रहार गरेको थियो ।

पाखुरा र तिघ्रामा गोली लागेका टिकेको भरपुरस्थित सरकारी अस्पतालमा उपचार नभएपछि काठमाडौंको वीर अस्पताल रिफर गरिएको छ । चिकित्सकका अनुसार टिकेको गोली लागेको तिघ्रा काट्नुपर्ने अवस्था छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार