नेपाल-भारत सीमामा इन्धनको धन्दा


भैरहवा । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ ।

नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको हो ।

भारतबाट सामान लिएर आउने ट्रकहरुबाट नै अवैध निकासी भइरहेको बताइएको छ । मनोरञ्नजन शर्माले भैरहवाबाट यो खबर लेखेका हुन् ।

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराइका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो ।

सवारी साधनमा मात्र नभई ग्यालेनमा लगेर समेत सिमावर्ती भारतीय बजारमा बिक्री गर्ने र त्यहाँ प्रयोग गर्ने क्रम बढेको हो ।
आजको कारोबार दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार