प्रथम नगर सम्मेलन सम्पन्न


बर्दिबास । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य राजु खड्काले अरु पेसा भन्दा शिक्षण पेसा विशिष्ट रहेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा शनिवार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दिबास नगरको प्रथम सम्मेलनलाई सम्वोधन गर्दै उनले समाजको विकास र संमृद्धीका लागी शिक्षकले महत्वपूर्ण भुमिका खेल्दै आएकाले इतिहास पल्टाएर हेर्दा अल्र्वट आइस्ट्यान ,म्याडम क्युरी ,सेक्सपियर बलभद्र कुँवर, लगाएत नेपालका प्रख्यात व्यक्ति पनि पनि शिक्षकले नै उत्पादन गरेको, जनशक्ति भएको उल्लेख गरे ।
नेता खड्काले वर्तमान र इतिहास दुवैलाई हेर्दा पनि शिक्षकको भुमिका प्रशंसा गर्न योग्य रहेकाले पनि शिक्षण पेसालाई सम्मानीत पेसाको रुपमा लिनु पर्ने बताए ।
कार्यक्रमका विषेश अथिती बर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले बर्दिवासलाई शैक्षिक थलो बनाउन नगरपालिकाले शिक्षा ऐन बनाएर छिट्टै कार्यन्वयन गर्ने प्रस्टपारे ।
उनले बर्दिवास नगरपालिका भित्र कृषि कलेज, मेडिकल कलेज चाँडै स्थापना गरी सक्षम आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
रुद्र सुस्लीङ्गको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बर्दिबास नगरपालिकाकी उपमेयर कृष्णमाया गौतम,एकीकृत अखिल नेपाल शिक्षक संघठनकी केन्द्रीय सचिव सरस्वती मिश्र,केन्द्रीय कार्यलय सदस्य केदार बहादुर कोइराला लगाएतको उपस्थिति थियो ।
कार्यक्रमको बन्द सत्रले रुद्र सुस्लीङ्गको अध्यक्षतामा २१ सदस्य बर्दिबास नगर समिती गठन गरेको छ । जसको उपाध्यक्ष नेत्र रम्तेल,महिला उपाध्यक्ष गीता सुस्लीङ्ग,महासचिव प्रेम घिमिरे,सचिव सिके लामाङ्ग,अर्थ सचिव प्रदिप कुमार कार्की,सहसचिव हरी बुढाथोकी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार