टिपरबाट खसेर एक मजदुरको मृत्यु


ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ बर्नालुमा टिपरबाट खसेर एकजनाको मृत्यु भएको छ । निमार्णधिन बाटोमा माटो बोक्न प्रयोग गरिएको बा २ ख ९५६४ नम्बरको टिपरबाट खसेर सोलु दुधकुन्ड नगरपालिका ८ सोलुखुम्बु निवासी निमा तामाङका १९ बर्षिय छोरा बिबाईसी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

मदजुरीका लागि बर्नालु आईपुगेका तामाङ गुडीरहेको टिपरमा झुन्डिएर चढ्न खोज्दा भुईमा पछाडिएको र गाडिको टायरले च्याप्दा उनको घटनास्थलमै ज्यान गएको ओखलढुंगा प्रहरी निरिक्षक टीका कार्कीले बताए । नाम नखुलेका टिपर चालक भने फरार रहेका छन् । उनको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार