करण जोहरलाई ५ वर्षको जेल सजाय हुनसक्ने


बलिउड कलाकारहरू विवाद र गस्सीपमा तानीरहेका हुन्छन् ।यस्तैमा यति बेला बलिउडका निर्देशक, निर्माता तथा कलाकार समेत रहेका करण जोहर जेल पर्न सक्ने खबरले बलिउड मिडिया तातेको छ ।

हाल एक रियालिटि सोमा जजको रूपमा रहेका करणले कार्यक्मको बिचमा आफुले खेलेको विज्ञापन देखाएपछि उनी विवादमा मुछीएका हुन् । खासमा उनले एक पान मसलाको विज्ञापन गरेका थिए । उक्त विज्ञापन करण निर्णायक भएको रियालिटि सोको बिचमा देखाइएको थियो । सुर्तिजन्य पदार्थले मानिसको जीवनमा नकारात्मक असर पर्ने भन्दै दिल्ली स्वास्थ्य विभागले आपत्ति जनाएको छ ।

भारतीय मिडियाका अनुसार सिगरेट एंड अडर टोब्याको प्रोडक्ट्स एक्ट २००३ अनुसार शो माथि दिल्ली हेल्थ डिपार्टमेंटले नोटिस जारी गरेको छ। करण र रोहित शेट्टी यस शोमा निर्णायक रहेका छन्। यसैकारण उनीहरुलाई नोटिस पठाइएको छ।

करणलाई यस मामिलामा कानुन भंग गरेको भन्दै दोस्रो पटक नोटिस पठाइएको हो। करणलाई ५ वर्ष सम्मको जेल सजाय समेत हुने भारतीय मिडियाले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार