सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४ घाइते

आज बिहान ५ बजे सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा आज बिहान ५ बजे दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो । ४ जना घाइते भएका छन्।

मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए । मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको एसपी सिंहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार