शनिबार काठमाडौंमा वर्षकै जाडो

 383 पटक हेरिएको


काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम २ डिग्रीको हाराहारीमा झरेको छ ।शनिबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ। शनिबार साँझ ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रेकर्ड गरेको थियो । तापक्रम क्रमश घट्दै जाने र अझ चिसो बढ्ने बताइएको छ । ‘यसपटक हिउँदमा शनिबार काठमाडौंमा सबैभन्दा बढी चिसो महसुस भएको छ। जुन तथ्य विमानस्थलको उपकरणले पुष्टी गरेको छ,’ महाशाखाका मौसमविद मीनकुमार अर्यालले भने।

बाक्लो बस्तीबाहेकका खुला स्थल र उपत्यकाका विभिन्न भञ्ज्याङबाट हावा भित्रने र बाहिरिने नाका आसपासका क्षेत्रमा न्यूनतम् तापक्रम शून्यका हाराहारीमा झर्न थालेको उनले बताए। मध्य हिउँद अझै बाँकी रहेकाले अझै तापक्रम घट्ने उनले बताए।
नेपाल समाचार पत्र बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार