रौतहट चन्द्रपुरकी १०७ बर्षीया रकमलियादेवी हजरा दुसाधिन हास्य कलाकार धुर्मुस ९सीताराम कट्टेल०सँग प्रसन्नता व्यक्त गर्दै ।
रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् ।
छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । बर्ष, घाम तथा हावा नेछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाई गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)लाई भगवान भन्न थालेका छन् ।आजको नागरिक दैनिकमा खबर छ ।