भारतीय दूतावासको भोजमा किन गएनन् ओली ?

काठमाडौँ । दक्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो ।

नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए ।

तर भावी प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा पुगेका छन् । उनले त्यहाँ सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै देउवा सरकारको कडा आलोचना गरे ।

ओलीको सचिवालयका अनुसार यसअघि नै निर्धारित भइसकेको कार्यक्रमलाई सम्बोधन गर्न ओली पोखरा पुगेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार