माथिल्लो तामाकोसी आयोजना दुई बर्ष ढिला हुने सङ्केत

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकोलागि आवश्यक सामग्री ढुवानि गर्ने भारतिय ठेकेदार कम्पनिले काममा ढिलाई गर्दा आयोजना झण्डै २ बर्ष पछि धकेलिने सङ्केत देखिएको छ ।

भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले पेनस्टक पाइपको ढुवानिको काम २५ प्रतिशतमात्र पुरा गरेकोले आयोजना झण्डै २ बर्ष ढिला हुने सङ्केत देखिएको हो ।

आयोजनाले निर्माण कार्यलाई छिटो छरितो बनाउन ४ भागमा विभाजन गरी ठेक्का लगाएको तर भारती ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करिब २ वर्ष ढिला हुने सङ्केत देखिएको आयोजनको उच्च स्रोतले जनाएको छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार