पूर्वी एशियाका मेडिकल विद्यार्थीहरु ग्राण्डी अस्पतालमा


काठमाडौं । पूर्बी एशियाली बिभिन्न देशका मेडिकल विद्यार्थीहरुले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अवलोकन भ्रमण गरेका छन् ।

नेपालमा जारी ३१ औं इष्ट एशियन मेडिकल कन्फ्रेन्समा सहभागि हुन नेपाल आएका उनीहरुले बिहीबार ग्राण्डी अस्पतालको भ्रमण गरेका हुन ।

हरेक बर्ष पूर्बी एशियाका बिभिन्न देशहरुमा आयोजना हुदै आएको कन्फ्रेन्स यस बर्ष भने नेपालमा आयोजना गरिएको हो ।

अवलोकन भ्रमणपछि ग्राण्डी अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोकबर्धन चोर्डियाले नेपालको स्वास्थ्य उपचार क्षेत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पर्ुयाएको योगदानको चर्चा गरे ।

कन्फ्रेन्सको यस बर्षको थिम म्याटरनल एण्ड नियोन्याटल हेल्थ रहेको र बर्थिङ सेन्टर तथा नवजात शिशुहरुका लागि सघन उपचार एनआइसियु यस बिषयमा काम गर्ने उत्कृष्ट अस्पतालका रुपमा ग्राण्डी अन्तर्रा्िष्ट्रय

अस्पतालमा अवलोकन भ्रमणमा आएको सहभागि एक नेपाली मेडिकल विद्यार्थी आकृति ढकालले बताइन् ।
टोलीमा जापान, सिंगासुर, चीन, ताइवान, इण्डोनेशिया, साउथ कोरिया,थाइल्याण्ड, मलेशिया, फिलिपिन्स र नेपालका ७० जना भन्दा बढी मेडिकल विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार