सुनसरी । इटहरी ३ स्थित बौकाझोडामा गएराती एक घरमा आगलागी हुँदा एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा घरधनी ६५ बर्षिया पुतलिमाया बिक रहेकी छन् । बेलुकी ११ बजेको समयमा मैनवतिबाट सल्केको आगा फैलिएर आगलागि भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घाइतेकोे धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आगलागीबाट घरको आधा भाग पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
करिब ८ लाख बराबरको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगो इटहरी उपमहानगरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा निभाइएको थियो ।