१८ लाख आप्रवासीलाई नागरिकता दिन ट्रम्पको यस्तो शर्त

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले आफ्ना केही मुद्दामा सहमति भए डेमोक्र्याटले चाहेजस्तो १८ लाख आप्रवासीलाई नागरिकता दिन तयार रहेको बताएको छ ।
यो रुपरेखा ट्रम्पका एक शीर्ष सहयोगी स्टेफन मिलरले रिपब्लिकनको भेलामा बताएका थिए ।
यो भेला डेमोक्र्याटसँग संसदीय लेनदेनको बहस हुनु अघि डाकिएका थियो ।
सोमबार सार्वजनिक गर्न लागिएको प्रस्तावित विधयकले मेक्सिकोसँगको सीमानामा पर्खाल निर्माण गर्न २५ अर्ब डलरको माग गरेको छ ।
यही साता डेमोक्रेटिक नेता चक सुमरले पर्खाल निर्माणको विरोध गर्ने जनाएका थिए ।
यसको पुर्ण खाका बिहिवार बोलाइएको रिपब्लिकन संसदीय सहयोगी र ह्वाइट हाउस नीति प्रमुख स्टेफन मिलरबीच बोलाइएको भेलामा आएको थियो । योजना अनुसार आगामी १०–१२ वर्षको रोडम्याप बनाएर १८ लाख व्यक्तिलाई नागरिकता प्रदान गरिनेछ ।
यो सङ्ख्यामा आमा–बुवा अमेरिका गैरकानुनी रुपमा प्रवेश गर्दा तीसँगै रहेका बच्चा ७ लाख छन् जसलाई ओबामाको सरकारले ल्याएको ‘डाका’ नामक कार्यक्रमले घर फिर्ता हुनबाट संरक्षित गर्छ ।
बाँकी ११ लाख ‘डाका’ कार्यक्रममा आवेदन नदिएता पनि सो कार्यक्रमका लागि योग्य रहेका छन् ।
ह्वाइट हाउसले प्रदान गरेको ‘ब्लु–प्रिन्ट’ले डोनाल्ड ट्रम्पले आलोचना गर्ने अरु थप दुई प्रयास पनि अन्त्य गर्न चाहेको छ ।
यसले ‘चेन’ बसाइसराइलाई नियमन गर्न प्रयास गरेको छ । जसले अमेरिकी निवासी व्यक्तिले श्रीमान-श्रीमती र छोराछोरी बाहेक परिवारका बाँकी सदस्यलाई अमेरिकाका लागि भीसा प्रदान गर्न सक्ने अधिकार बन्द गर्नेछ ।
साथै ह्वाइट हाउसले डीभी चिठ्ठा पूर्णरुपमा अन्त्य गर्न चाहेको छ ।
डीभी चिठ्ठा अन्तर्गत विश्वभरबाट ५० हजार व्यक्तिले प्रत्यक वर्ष ग्रीन कार्ड पाउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार