१८ जना मन्त्रीले मात्र जिते चुनाब

 166 पटक हेरिएको


वर्तमान मन्त्रिपरिषद्ममा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएको खबर गोरखापत्रमा खबर छ । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्ममा ६३ सदस्य छन् । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहेका थिए । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोगे । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार