आज अन्तर्राष्ट्रिय ६६औं भन्सार दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय भन्सार दिवस, विविध कार्यक्रम गर्दै मनाइएको छ । हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रुपमा मनाउने गरिन्छ ।

विश्व भन्सार संगठनले यस दिनलाई भन्सार दिवसका रुपमा मनाउने निर्णय गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६६औं भन्सार दिवस मनाउँदै छन् । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणत्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईदैछ । भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो, वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार छल्नु सजायको भागिदार बन्नु हो ।

हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार