‘नयाँ सरकारले भारतसँगको सम्बन्ध प्रगाढ राख्छ’

काठमाडौं । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित साक्षात्कारमा उनले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताए । ‘हाम्रो भारतसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ,’उनले भने– ‘विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।’

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य ज्ञवालीले दुई देशबीचको खुला सिमानाको सदुपयोग गर्दै संवेदेनशील तरिकाले अगाडि बढ्ने बताउँदै नेपालसँगको व्यवहारमा भारतले उदारता देखाउनुपर्नेमा जोड दिए । पञ्चेश्वर दुई देशको साझा परियोजना बन्नुपर्ने उनको धारणा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार