गाई काटेको आरोपमा दम्पत्ति पक्राउ


बेसीशहर । प्रहरीले गाई काट्दै गरेको अवस्थामा मस्र्याङदी गाउँपालिका वडा नम्बर २ बाट एक दम्पत्तिलाई पक्राउ गरेको छ । मस्र्याङदी गाउँपालिकाका ३३ बर्षीया दुर्गामान तामाङ र उनकी पत्नी २८ बर्षीया डीलमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई मस्र्याङदी गाउँपालिका वडा नम्बर ९, बगौंचामा गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई गाई काटेर मासु छुट्याइरहेको बेला प्रहरीले उनीहरुको साथबाट बन्चरो, चक्कु र बाल्टी समेत बरामद गरेको जनाएको छ ।

घटनामा संलग्न मस्र्याङदी गाउँपालिका ३ का २० बर्षीय विजय तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । गाई काटेको आरोपमा उनीहरु बिरुद्ध प्रहरीले गौबध मुद्धा चलाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको समेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार