एक सातामा तीन बालिकाको सीमाबाट उद्धार

कपिलवस्तु । कपिलस्तुको कृष्णनगर नाकाबाट एक सातामा तीन बालिकाको उद्धार गरेको छ । सीमा निगरानीका क्रममा प्रहरीको सहयोगमा शान्ति पुनस्र्थापना गृहले कपिलवस्तुको कृष्णनगर सीमा नाकाबाट प्यूठान घर भएका ती बालिकाहरुको उद्धार गरेको हो । प्यूठानको सरुमारानी गाउँपालिका घर भएका दुई र स्वर्गद्वारी नगरपालिकाकी एक बालिकालाई उद्धार गरी घर फिर्ता गरेको शान्ति पुनस्र्थापना गृहका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

संस्थाले दुई दिनअघि १२ वर्षीय नाम परिवर्तन शान्ति र १४ वर्षकी मीनालाई भारत जाने क्रममा उद्धार गरेको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिए । त्यस्तै चार दिनअघि पीआरसीले कृष्णनगर प्रहरीको सहयोगमा प्यूठानकी अर्की १४ वर्षीय बालिकालाई सीमाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । प्यूठान स्वर्गद्वारी नगरपालिकाकी नरमाया (नाम परिवर्तन) लाई बिवाहको नाटक रची भारततर्फ लैजाने क्रममा उद्धार गरिएको हो ।

वेरोजगार गरीबीका कारण ती बालिकाहरुलाई काठमाडौंमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी विचौलियाले सीमा नाका कटाउन लागेको संयोजक भट्टराईले बताए । विचौलियाले ती बालिकाहरुलाई शिवराज नगरपालिकाको वडा नं. १ स्थित एक गाउँको सानो होटलमा एक रात राखी अर्को दिन विहानै कृष्णनगर पु¥याएको बुझिएको छ ।

सीमा निगरानीमा खटिएका शान्ति पुनस्र्थापना गृहका कर्मचारीले शंका लागेर सोधपुछका लागि उनीहरुलाई सम्पर्कमा ल्याएको थियो । सोधपुछका क्रममा उनीहरु विचौलियाको फन्दामा परेको बुझिएको संयोजक भट्टराईले बताए । उद्धार गरिएका दुई बालिकालाई परिवारको जिम्मा लगाई घर फिर्ता गरिएको शान्ति पुनस्र्थापना गृहका संयोजक भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार