काठमाडौंमा मोटरसाइकल चोरीका घटना बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरी ट्राफिक प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार २० वटा मोटसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । काठमाडौं उपत्याकाबाट हराएका मोटरसाइकल विभिन्न व्यक्तिका मोटरसाइकल वरामद गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाले बिहिबार २० वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको हो ।

चालु आर्थिक बर्षमा हराएका ७ सय ४८ मध्ये एकसय ८२ मोटरसाइकल बरामद गरीएको र एकसय २९ वटा सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार आर्थिक बर्ष २०७३–७४ मा १ हजार १४ वटा मोटरसाइकल हराएका थिए । हराएका मध्ये २ सय ९२ वटा बरामद गरि २ सय १८ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाइएको छ ।

पछिल्लो समय देशभर मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको भन्दै महाशाखाले सवारी धनीलाई आफ्नो सवारीको सुरक्षा गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार