छ महिने शिशुको ज्वरोले मृत्यु


जाजरकोट । जुनीचाँदे गाउँपालिका–३, डाँडाकोटमा रुघाखोकी र ज्वरोको कारण डाँडाकोटका जयबहादुर विकका छ महिने शिशु रोशनको आज मृत्यु भएको छ ।
तीन दिनदेखि रुघाखोकी र ज्वरोबाट थला परेका रोशनको उपचारका क्रममा मजकोटको सानाखोलास्थित निजी क्लिनिकमा मृत्यु भएको वडाध्यक्ष रामबहादुर नेपालीले बताउनुभयो । गत पुसमा जुनीचाँदेमा फैलिएको हङकङ फ्लोबाट सात बालबालिकासहित १४ जनाको ज्यान गएको थियो भने दुई हजार बिरामी परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार