बैतडी । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडीको स्वतन्त्र विद्यार्थी युनियनले अन्तरकलेज स्तरीय प्रतियोगिताहरु सञ्चालन गर्न आग्रह गरेको छ ।
स्ववियुले नेपालमा रहेका अन्य कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (आई एए एस) अन्तर्गतका स्ववियु सभापति तथा सम्बन्धित कलेज प्रशासनलाई आग्रह गरेको हो ।
विद्यार्थीको पढाईसंगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने भएकोले यस्तो आग्रह गरिएको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, बैतडीका स्ववियु सभापती राजेन्द्र बमले जानकारी दिए ।
“विकासका लागि खेल, मैत्रीपूर्ण सम्बन्धका लागि खेल तथा मनोरन्जनका लागि खेल” भन्ने भावनालाई आत्मसाथ गर्दै फूटबल प्रतियोगिता साथै हाजिरीजवाफ,वादविवाद बक्क्तित्वकला, गजल, कविता बाचन लगायतका प्रतियोगिता सञ्चालन गर्न आग्रह गरिएको उनको भनाइ छ ।
नेपालमा (आई एए एस) अन्तर्गतका कलेजहरु बैतडी सहित लमजुंङ,पक्लिहवा र दाङमा रहेका छन् ।
आईएएएस अन्तर्गत बाहेकका हेटौंडा, ईलाम र रामपुर कृषि कलेजलाई समेत यस प्रतियोगितामा समेट्न सकिने बताईएको छ ।