राष्ट्रियसभा निर्वाचनः ८३ जनाको उम्मेदवारी, १७ उम्मेदवार निर्विरोध

राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।

बुधबार सातवटै प्रदेशमा शान्त वातावरणमा उम्मेदवारी दर्ता भएको छ ।

५९ सदस्यी राष्ट्रियसभामा तीनजना मनोनित र ५६ जना निर्वाचित हुनेछन् ।

त्यस्तै निर्वाचित हुने ५६ पदमध्ये १७ जना निर्विरोध भएका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार