काठमाडौँ । शास्त्रीय संगीतको जर्गेना गर्ने उद्देश्यले आज सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा ‘वसन्त शास्त्रीय संगीत उत्सव–२०७४’ गरेको छ ।
उत्सवको नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले उद्घाटन गर्नुभयो । उहाँले शास्त्रीय संगीत लोप हुन लागेकाले यसको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले नेपालको कला संस्कृति बचाउनका लागि संस्थानले उत्सव गर्दै आएको जानकारी गराउनुभयो । कार्यक्रममा १२ कलाकारले शास्त्रीय संगीत प्रस्तुत गरेका थिए ।
रामकृष्ण दुवाल, ज्ञानुराधा गोर्खाली, वैकटेश ढकाल, कुशेश्वर राई, यतिराज अधिकारी, जीवन आले, डंकनदास चौधरी, नवराज सापकोटा, विकासनाथ योगी, धनबहादुर गोपाली, सरोज अधिकारी र जयश्री सोसाइटीले शास्त्रीय संगीत प्रस्तुत गर्नु भएको थियो । उहाँहरुले सितार, बाँसुरी, वेला वादन, तबला वादन, बाँसुरी वादनमा शास्त्रीय संगीत प्रस्तुत गर्नु भयो ।
कलाकारलाई शास्त्रीय संगीत प्रस्तुत गरेबापत जनही रु १५ हजार दिइएको थियो । यसैगरी सोही कार्यक्रममा शास्त्रीय संगीतमा योगदान गरेबापत भवनाथ शर्मा अधिकारीलाई रु २५ हजार नगदसहित सम्मान गरिएको थियो ।