भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड


काठमाडौँ । मुलुकको दिगो विकास र समुन्नतिका लागि भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
छैसठ्ठीऔँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताले भन्सार पद्धति चुस्त भए मात्र देशको अर्थ व्यवस्था बलियो हुने धारणा व्यक्त गरे ।

वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको नेपाली वस्तु निर्यात गर्ने व्यवसायीलाई सुविधा दिनुपर्ने र भन्सार ऐनको दफा ६९ र ५७ को प्रभावकारी कार्यान्वयन गर्नुुपर्ने उनीहरुको सुझाव थियो ।

भन्सार विभागका महानिर्देशक जगदीशचन्द्र रेग्मीले विभाग उद्योग व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउँदै अनधिकृत व्यापार नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार