अदुवा निकासीका लागि ‘कूटनीतिक पहल’


एक वर्षभित्र नेपाली अदुवा निर्यातमा देखिएको यो तेस्रो पटकको अवरोध हो ।झण्डै एक सातादेखि भारत निर्यातमा रोक लगाइएको नेपाली अदुवाको निकासीको व्यवस्था मिलाउन कूटनीतिक पहल शुरु गरिएको र केही दिनमै पुनः निकासी शुरु हुने वाणिज्य मन्त्रीले बताएका छन्।

हाल निकासीको काम अगाडि बढाइने तर दीर्घकालीन समाधानका लागि दुई देशबीच आगामी महिना हुने बैठकमा प्रयास गरिने उनको भनाइ छ।

एक सातासम्म भारतीय सीमामा रोकिएका अदुवा बोकिरहेका ट्रकहरु मंगलवार फेरि गोदाममा फर्काइएको व्यवसायीहरुले जनाएका छन्।एक वर्षभित्र नेपाली अदुवा निर्यातमा देखिएको यो तेस्रो पटकको अवरोध हो।

भारत सरकारसँग दूतावास र मन्त्रालय तहमा इमेल र टेलिफोनमार्फत् कुरा भइरहेको छ। उहाँहरु सहजीकरण गर्छौं भनी रहनुभएको छ। हामीले छिटो गर्नुहोस् भनिरहेका छौं। यो केही दिनमै खुल्छ
मीन विश्वकर्मा, वाणिज्यमन्त्रीशुरुवातमा भारतमा लगाइएको वस्तु तथा सेवा करका कारण र त्यसपछि नेपाली अदुवामा रासायनिक विषादि पाइएको विषयले केही दिन निर्यात रोकिएको थियो।

यस पटक भने खरिदकर्ताले भारतीय मन्त्रालयबाट निर्यात कोटा तोकेर ल्याएमात्रै नेपाली अदुवा भारत लैजान दिने भन्दै रोक लगाइएको नेपाली व्यवसायीहरुको भनाइ छ।

जसलाई सहज बनाउन पहल गरिरहेको वाणिज्य मन्त्रालयले केही दिनमै अदुवाको भारत निकासी पुनः शुरु हुने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार