कैलालीमा पेस्तोलसहित दुईजना पक्राउ


कैलाली । कैलाली प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । सोमबार राति उनीहरुलाई गोदावरी नगरपालिका–२ अत्तरियाबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का चेतन कार्की र प्रविन कठायत रहेको उनले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले जानकारी र्दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार