विश्वका ४२ धनीसँग ३.७ अर्ब गरिब व्यक्ति बराबरको सम्पत्ति

वार्षिक रुपमा संचालन हुने विश्व आर्थिक मञ्चको भेला शुरु हुनु केहि अघि सार्वजनिक अक्सफामको रिपोर्टले विश्वमा विद्यमान असमानताको भयावह तस्बिर देखाइएको छ । रिपोर्टमा सन् २०१७ मा आर्जित सम्पूर्ण धनको ८२ प्रतिशत भाग अति धनि एक प्रतिशतको हातमा गएको उल्लेख छ ।
अक्सफामको वार्षिक अध्ययनलाई गम्भीरताका साथ लिइन्छ । बढ्दो आर्थिक र लैङ्गगिक असमानता छलफलको प्रमुख विषय रहने विश्व आर्थिक मञ्चमा भेला भएका विश्व नेताहरु यसका निष्कर्षहरु मिहिन रुपमा बहस गर्छन् ।
अक्सफामले धनी र गरिबबीच बढ्दो यो असमनता सुल्झाउन आवश्यक कदमको माग गरेको छ । अक्सफामले अघिल्लो वर्ष दुई दिनमा एक जनाको दरमा अर्बपति बन्ने हिसाबमा माथिल्लो वर्गको धन बढ्दा तल्लो पचास प्रतिशतले भने आफ्नो आयमा कुनै बढोत्तरी नभएको पाएको बताएको छ ।
सो सहायता समूहले समाजको अति सानो हिस्साले यति धेरै धन एकिकृत गरिरहदाँ दशौ करोड जनता गरिबीमा सङघर्ष गरिरहनुपर्ने अवस्था ‘अस्विकार्य र टिकाउ’ नहुने बताएको छ । समूहले विश्व नेतालाई असमानताका कुरा भाषणमा मात्र सिमित नराखेर कर छलि रोक्ने र कामदारको आयवृद्धी गर्ने निती ल्याउन आह्वान गरेको छ ।
सन् २०१७ मा धन बढनु प्रमुख कारण विश्वव्यापी स्टक मार्केटमा आएको वृद्धीले तिनमा शेयर रहेकाहरु लाभान्वित हुनु बताइएको छ । अमेजनको सस्थापक जेफ बेजोजको सन् २०१७ को पहिलो दश दिनमा मात्र छ अर्ब डलर सम्पत्ति बढेको थियो । यसले उनलाई विश्वकै धनी व्यत्ति बनाएको थियो ।
अक्सफामले ‘क्रेडिट स्वीस’ वैङ्कबाट प्राप्त सुचनाको परिणाम स्वरुप आफूले यो वर्ष आफ्नो धनसम्पति हिसाबमा बदलाव ल्याएको बताएको छ । सशोधित अङ्कले ४२ धनी व्यक्तिसँग पिधं तिर रहेका विश्वका आधा जनसङ्ख्या बराबर सम्पत्ती रहेको देखाएको सो सस्थाले जनाएको छ जुन त्यस अघिको वर्ष ६१ व्यक्ति र सन् २००९ मा ३८० जना व्यत्तिको सम्पत्तीको योग सो समान हुन आउथ्यो ।
सहायता समूहले सन् २००६ देखि २०१५ बीचको दशकमा अर्बपतिको धन प्रति वर्ष औसतमा १३ प्रतिशतको दरमा बढेको कुरा पनि जोडेको छ । सन् २०१७ मा मात्र धनी १ प्रतिशतको रकम ७ खर्ब ६२ अर्ब डलर बढेकोे छ । यो रकमले विश्वबाट हाल रहेको गरिबी सात पटक हटाउन सकिनेछ ।
साथै अर्बपतिमा पुरुषको अधिपत्य रहेको पनि रिपोर्टले देखाउछ । दश मध्य नौ डलर अर्वपति पुरुष रहेको रिपोर्टले देखाएको छ ।
अक्सफामले कामदारको अधिकारमा कटौती गरेर न्युनतम लागतमा व्यापक कटौति गर्दै लगानीकर्ता फाइदा उच्च पार्ने र नीति निर्माणमा कर्पोरट प्रभाव रहने खालको विश्वव्यापी अर्थतन्त्रको आउने तर्फ ख्याल गर्ने समय भएको भएको बताए ।
अक्सफामको यो रिपोर्ट प्रति सबै खुसी भने छैनन् । अक्सफामको यो कार्यप्रति नै असन्तुष्टि जनाउदैं ‘इन्चिच्युट अफ इकोनोमिक्स अफेयर’का मार्क लिटलउडले भने,“ अक्सफाम उधो जाने कुरा प्रचार गरिरहेछ । धनीहरुमाथि पहिले यति धेरै कर थोपरिएको छ – तीनको धनमा निश्चित सीमा लगाउने कार्यले पुनरवितरणलाई सहयोग गर्दैन, यसले कसैलाई पनि फाइदा पु¥याउदैन । ज्यालामा वृद्धीले कामको सङ्ख्या कम हुनेछ र यसले अक्सफामले सहयोग गर्ने उदेश्य राखेको हिस्सालाई नै नोक्सान पुग्नेछ । ”
भारतको अवस्था
सन् २०१७ मा भारतको अति सम्पन्न १ प्रतिशतले सम्पूर्ण धनमध्य ७३ प्रतिशत आफूसँग एकत्रित गरेको अक्सफामको सोही सर्भेले देखाएको छ । यो समग्र विश्वको सूचांकको आधारमा केही सकारात्मक भए पनि भारतकै सन्दर्भमा भने अघिल्ला वर्षहरुको भन्दा बढी असमान सूचांक हो । अक्सफामको यो रिपोर्टको निष्कर्ष हालसालै प्रकाशित अन्य अध्ययनका खोजसँग मिल्दो जुल्दो छ । जसमध्ये अघिल्लो वर्ष जुनमा प्रख्यात अर्थशास्त्री लुकास चन्सेल र थोमस पिकेटीले प्रकाशित गरेको रिपोर्ट उलेख्नीय छ । यी दुई प्रख्यात अर्थशास्त्रीहरुको ‘भारतीय आय असमानता १९२२–२०१४ः बृटिस राज देखि अर्बपति राजसम्म ?’ शीर्षकको अध्ययन पत्रले भारतमा सन् १९२२ देखियता सन् २०१४ आय असमानता सबैभन्दा उच्च रहेको बर्षको रुपमा देखाएको छ ।
१९२२ भारतमा आय कर कानुन पास भएको वर्ष हो । सो पत्रको खोज समेटेर पछि ‘वल्र्ड इनइक्वालिटी रिपोर्ट’ नाममा पुरा रिपोर्टमा निकालिएको थियो । सो रिपोर्ट अनुसार सन् २०१४ मा उच्च धनी १० प्रतिशतसँग ५६ प्रतिशत आय एकत्रित छ ।
१९३० को दशकमा धनी १ प्रतिशतले कुल आयको २१ प्रतिशत कब्जा गरेकामा १९८० को दशकामा ६ प्रतिशत मा झरेको थियो । र यो २०१४ मा २२ प्रतिशतमा पुगेको रिपोर्टमा भनिएको छ ।
यी निष्कर्षहरुले उदारिकरणले धनीहरुलाई असमानुपातिक रुपमा फाइदा पु¥याइरहेको छ भन्ने सिदान्तलाई थप बल पुर्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार