डेरा खोज्दै सांसद्, कार्यालय खोज्दै कर्मचारी


काठमाडौं । शपथग्रहण सकिँदा नसकिँदै प्रदेश सांसदहरुलाई डेराको चिन्ताले सताउन थालेको समाचारलाई अन्नपूर्ण पोस्ट दैनिकले आज लेखेको छ । समाचारअनुसार, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुको घरमा बसेर काम चलाइरहेका प्रदेश सांसदहरु डेरा सर्ने तयारीमा जुटेका छन् ।

प्रदेश सांसदलाई डेराको चटारो परेजस्तै कर्मचारीहरुलाई भने कार्यालयको चिन्ता छ । प्रदेश प्रमुखका लागि सचिवालय व्यवस्थापन भए पनि अन्य प्रशासनिक भवनको अझै टुंगो लागिसकेको छैन । जिल्ला प्रशासन, भवन डिभिजनलगायत कार्यालयका प्रमुखहरू प्रदेशका लागि आवश्यक पूर्वाधार जुटाउनमै व्यस्त छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार