बाम गठबन्धनप्रति भारत ‘चिसो’ बन्ने संकेत


भारत सरकारले नेपालमा हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको स्वागत गरेको छ । निर्वाचनको स्वागत गर्दै भारतले नेपाली जनता र सरकारलाई बधाई दिएको छ । यद्यपि, चुनावमा विजयी बनेको बाम गठबन्धनलाई भने बधाई दिन कन्जुस्याइँ गरेको छ ।

साप्ताहिक प्रेस ब्रिफिङका क्रममा विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपालमा सम्पन्न संसदीय निर्वाचन र पहिलो प्रदेशसभा निर्वाचनलाई भारतले स्वागत गरेको बताएका हुन् ।

यसरी सरकार र जनतालाई बधाई दिँदा उनले बाम गठबन्धनलाई भने बधाई दिएनन् ।

ब्रिफिङमा उनले नेपाल र भारतबीच लामो समयदेखि पृथक मित्रता रही आएको उल्लेख गर्दै भारत नयाँ जननिर्वाचित सरकारसँग नेपालमा शान्ति, स्थितरता र आर्थिक स्मृद्धिका लागि सहकार्य गर्न चाहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार