अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्वा देवराज काफ्लेलाई एक लाख नगद घुससहित रङगेहात पक्राउ गरेको छ।अख्यियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा काफ्लेलाई विहिबार दिउँसो करिव सवा २ बजे कार्यालयको भुईतल्लाबाटै १ लाख नगद घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
काफ्लेले सुर्य विनायक नगरपालिका वडा नं ९ नंखेलका एक सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ। नंखेलको जग्गाको डोरपास गरीदिनका लागि सेवाग्राहीसँग नायव सुब्बा काफ्लेले १ लाख रुपैया घुस लिएको बताइएको छ।