नेपाल आइडलका निशान भट्टराईको पहिलो गीत रिलिज

 300 पटक हेरिएको

चर्चित रियालिटी सो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।

नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।भिडियोलाई युवराज वाइबाले निर्देशक गरेका छन् । भिडियोमा निशानसहित नायिका जेबिका कार्की र अनिल थापाको अभिनय रहेको छ ।

प्रदिप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको शब्द र निशान भट्टराईको स्वर छ । गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार