कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने

 158 पटक हेरिएको


कृषि विकास बैंकले माघ २९ गते साधारणसभा डाक्दै लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

सरकारी स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले बोनस पारित गर्न माघ २९ गतेका लागि ११ औ बार्षिक साधारण सभा डाकेको हो । साधारण सभामा कृषि विकास बैंकले चुक्ता पूँजी ७ अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशत बराबरको एक अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बोनस वितरण गर्न लागेको हो । गत आर्थिक बर्षमा दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले जनाएको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले माघ १५ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले माघ १४ गते आईतबारसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्ने कृषि विकास बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार