भल्गर कन्टेन्ट यु ट्युबमा आइरहेका बेला सन्देश मुलक सिरियल दुर्व्यसनी (भिडियो)

 221 पटक हेरिएको


समाजमा पछिल्लो समय युवाहरु कुलतमा लागेर बिग्रेका घटना धेरै घटिरहेका छन । पारिवारीक हेलचक्राइले होस या साथी भाइको संगको कारणले कलिलै उमेरमा युवाहरु यस्तो कुलतमा फस्ने गरेका छन । यस्तै समाजमा भएका यर्थाथ घटनाहरुलाई समेटी तयार पारीएको टेलिसिरियल दुर्व्यसनीको भाग र्दुइ पनि सार्वजनिक भएको छ । सेलिब्रेटी नेपालको अफिसियल च्यानल मार्फत सार्बजनिक दुर्व्यसनी नामक सिरिएलले समाजमा रहेका कुरीति र नराम्रो कुरालाई उजागर गर्ने कार्य गर्ने छ थोरै भए पनि समाजको लागि केहि गर्न सकियोस भन्ने उदेश्यले निर्माता तथा निर्देशक द्वय शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) ले यो सिरियल लाइ निर्माण तथा निर्देशन गरेका हुन्।

मुख्य कलाकारको रुपमा यिनै दुइ जनाको अभिनय पनि रहेको छ । शिब दाइ अधिकारीले लेखेको कथा लाई इभान कुँवर कार्कीले छायांकन र सम्पादन गरेका हुन् शिब दाइ अधिकारी र कृष्ण फुयाल (केदार) को साथमा दिनेश खनाल,सन्तोष थापा,कृष्ण आचार्य,मणि बर्तौला,आयुष खनाल,पार्वती अधिकारी,श्रीराम खड्का,रिबु आचार्य,गौरब सुबेदी,दिलमाया बस्नेत,भिम बस्नेत,अभिनय रहेको छ । पछिल्लो समय पैसा कमाउनकै लागी भल्गर कन्टेन्ट यु ट्युबमा आइरहेका बेला यस्ता सन्देश मुलक सिरियलहरुले समाज परिर्वतनका लागी महत्वपुर्ण हुने जानकारहरु बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार