नेपाल र भारत एकआपसमा मिलेर राम्रो विकास गर्न सकिने

 177 पटक हेरिएको

कन्चनपुर । नेपाल मानव धर्म सेवा समितिको आयोजना दुई दिवसीय विराट सत्सगं समारोह समापन कार्यक्रममा बोल्दै सतपाल महाराजले बुद्ध र जानकी जन्मेको देश नेपाल विश्व शान्तिको आधार राष्ट्र बन्नु पर्ने बताएको हो।

महाराजले आध्यात्मिक विकास तथा आत्मको उत्थानबाट मात्र सच्चा मानवीय र नेपाल विकसित हुनुपर्ने भन्दै त्यसको लागि भारत तथा उत्तराखण्डका सरकारको तर्फबाट गर्नु पर्ने जुनसुकै सहयोग र समन्वयको आफूले गर्ने जनाए ।

नेपाल र भारत एकआपसमा मिलेर विकास निर्माण, जलविद्युत, रेलमार्ग तथा पर्यटनको राम्रो विकास गर्न सकिने भन्दै उनले सहयाेगकाे प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार