गलत रिपोर्ट दिने एबी ल्याबमा जनस्वास्थ्य कार्यालयले लगायो ताल्चा

 134 पटक हेरिएको


हुँदै नभएको रोग देखाएर सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गर्ने ललिपुरको इमाडोल स्थीत एबी ल्याब जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ताल्चा लगाएको छ ।

ल्याब सञ्चालक विनोद कापरीले ललिपुरका कृष्णलाल श्रेष्ठले ल्याब टेष्ट पछि क्षयरोगको रिपोर्ट दिएका थिए । त्यही रिपोर्टका आधारमा चलाएको औषधीले नकरात्मक रियाक्सन देखाएपछि पुन जिन एक्सर्पट मार्फत चेक गर्दा उनलाई क्षयरोग नै नभएको पुष्टि भएको थियो ।

यो बिषयमा एबी ल्याव सञ्चाल विनोद कापरीसँग लाइभ कुरा गर्दा उनले आफ्नो ल्याबको गल्ती नभएको र उल्टो हामीले गलत रिपोर्टीङ गरेको आरोप लगाए ।
हामीले एबी ल्याबको बिषयमा रिपोर्टीङ गरेपछि ललितपुरस्थीत जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यान आकर्षण गरायौँ । यस लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय ललिपुरबाट क्षयरोग विशेषज्ञसहित सरोकारवालाको टोलीले एबी ल्याबको अनुगमन गर्दा एबी ल्याब नै अवैध रहेको भेटिएको छ ।

एबी ल्याब संचालनका लागि स्वास्थ्य मन्त्रालय अन्तरगतका कुनै पनि निकायमा दर्ता भएको छैन । यति मात्रै हैनि ल्याबको लागि आवश्यक कुनै पनि पुर्वाधार छैन ।

साथै ल्याबले दिएको क्षयरोगको रिपोर्ट गलत भएको हामीेले यस अघिनै पुष्टि गरेका थियौ । जिल्ला जनस्वास्थ्य टोलिले समेत एबी ल्याबको विनोद कपारीले दिएको रिपोर्ट नै गलत भएको स्पष्ट पारे ।

एबी ल्याब अवैधानिक हुनुको साथै पुर्वाधार पनि नपुगेको भेटीएपछि अनुगमन टोलीले ल्याबको शिलबन्द गरेको छ ।
अनुगमन टोलि ल्याबको अनुगमनका लागि पुगेर पटक पटक विनोद कापरलाई बोलाउँदा समेत आँफु बाहिर रहेको भन्दै उनि आएन् ।अब सम्पुर्ण कानुनी प्रक्रिया सुरु गरेर ल्याब सञ्चालकलाई आवश्यक कारवाही गरिने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार