चीनबाट थप दुई नयाँ विमान आउने

 239 पटक हेरिएको

काठमाडौं । निजी वायु सेवा प्रदायक कम्पनी नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था रहेको छ । स्वदेशी मात्रै नभई विदेशी वायु सेवा प्रदायकसमेत उच्च ट्राफिक हुने दिउँसोको समयमा प्रतिक्षा गर्नुपर्ने भए पनि सेवा विस्तारका लागि भन्दै निजी वायु सेवा प्रदायक नयाँ विमान भित्र्याउन लागेका हुन् ।

विशेष गरी नयाँ ल्याउन लागिएका विमान धेरै यात्रु हुने क्षेत्र (ट्रङक रुट) नै केन्द्रित गरिँदा भने दुर्गम क्षेत्रमा सेवा पुग्न सकेको छैन । वायु सेवा प्रदायक कम्पनीका अनुसार ट्रङक रुटमा नै बढी प्रतिस्पर्धा हुने गरेको छ । यतिले निकट भविष्यमा नै एटिआर विमान भित्र्याउने तयारीमा रहेको छ । एकै पटक तीन वटा क्यानेडियन कम्पनीले उत्पादन गरेका जहाज ल्याएर प्रतिस्पर्धामा उत्रिएको श्री एयरले थप जहाज ल्याउने तयारी गरेको छ । सो कम्पनीका ५० सिट क्षमताका दुई वटा र ७८ सिटको एक जहाजले हाल सेवा दिइरहेको छ ।

यस्तै सञ्चालनमा रहेको सौर्य एयर पनि नयाँ विमान ल्याउने तयारीमा छ । यस्तै सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान ब्रजाचार्यले पनि हेलिकप्टर भित्र्याउने तयारीमा रहेको जानकारी दिए । नेपाल वायु सेवा निगम पनि तीन चिनियाँ जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । निगमको दुई ठूला जहाज एकाध महिनाभित्र नेपाल भित्र्नेछ । अन्तर्राष्ट्रिय उडानका लागि ती जहाज ल्याउन लागिएको हो ।यस्तै चीनबाट थप दुई नयाँ विमान आउने तयारीमा रहेको निगमका प्रवक्ताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार