आजपनि किन गए ओली निवासमा प्रचण्ड ?

 333 पटक हेरिएको

पार्टी एकता र प्रदेश सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार पनि भेटवार्ता हुदैँछ ।

ओली निवास भक्तपुरको बालकोटमा दिउँसो ४ बजे हुने भनिएको भए पनि विशेष कारण वश केहि ढिला गरी लागेको भेटवार्तामा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको तयारी, प्रदेश सरकार गठनका विषयमा छलफल हुने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार दुई शीर्ष नेताबीचको भेटवार्तामा राष्ट्रियसभाको गठन, प्रदेश सरकार र पार्टी एकताबारे छलफल भएको थियो ।

शुक्रबार भएको दुई नेताको भेटले भोलि एकता संयोजक समितिको बैठक बोलाउने निर्णय पनि गरेको थियो । एमाले र माओवादीले नयाँ सरकार गठन अघि नै पार्टी एकता प्रक्रियालाई टुंगोमा पु-याउने तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार