प्रधानमन्त्रीमा ९९ प्रतिशत ओलीको संभावना पक्का: नेता खनाल

 233 पटक हेरिएको


बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्नेमा ९९ प्रतिशत संभावना रहेको उनको भनाई रहेको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरिष्ठ नेता खनालले यस्तो बताएका हुन् । खनालले भने, “अहिलेलाई केपी ओलीजी प्रधानमन्त्री बन्ने संभावना ९९ प्रतिशत छ, को अध्यक्ष बन्छ भन्ने विष्यमा सल्लाह गर्न बाँकी छ ।”

उनले पार्टी एकता सरकार गठनभन्दा अघि नै हुनसक्ने समेत संकेत गरे । उनले भने, “अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्र्छौं, आवश्यक परे दुई वटा कार्यदल बनाउँछौं, एउटा वैचारिक र अर्को संगठनाात्मक, यसले सबै कुरा टुँगो लगाउँछ ।”

“पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने कुरा हुँदैन्, दुवैले आ–आफ्नो ढंगले काम गर्छन्, तर पार्टी एकता सरकार गठनभन्दा पहिलेपनि हुनसक्छ ।” खनालले भने,

प्रदेश प्रमुख नियुक्तीलाई आफूहरुले आश्चर्य र अनौठो ढंगले नलिएको स्पष्ट पारे । उनले भने, “सरकारले हालै गरेको प्रदेश प्रमुखको नियुक्तीलाई हामीले अनौठो र आश्चर्यको रुपमा लिएको छैन, प्रक्रिया अघि बढ्छ ।”

उनले फागुनको दोस्रो हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने विश्वास दिलाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार