इस्तानबुल । टर्कीमा भएको एउटा बस दुर्घटनामा परी एघारको मृत्यु भएको छ ।
यस घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था चिन्ताजनक जनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।
यात्रामा गइरहेको यो बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको सो बस दुर्घटना भएको जनाइएको छ । सो बस रात्रि बस भएको र रातभरीको यात्रा तय भएको थियो ।
यस समाचारको प्रारम्भिक समाचार मात्र प्राप्त भएको विस्तृत विवरण प्राप्त भएको छैन् ।