दार्चुला । ‘कालापानी श्रृजनशील पत्रकारिता पुरस्कार २०७४’ बाट पत्रकार लोकेन्द्र प्रसाद जोशी पुरस्कृत भएका छन् ।
दार्चुला जिल्लामा सुशासन, पारदर्शीता, जवाफदेहिता र सञ्चारको क्षेत्रमा क्रियाशिल नागरीक संस्था मिडिया बिकास समाज नेपालद्धारा स्थापना गरीएको कालापानी श्रृजनशील पत्रकारिता पुरस्कारबाट जोशीलाई पुरस्कृत गरिएको हो ।
मिडिया बिकास समाज नेपाल दार्चुलाको दशौ साधारणसभा तथा नयाँ नेपाल एफ.एम. दार्चुलाको सातौ बार्षीकोत्सब कार्यक्रमको अबसरमा जोशीलाई सम्मानपत्रका साथैरु. ५ हजार १ सय ११ रुपैया नगद सहित सम्मानित गरीएको संस्थाका कार्यकारी निर्देशक एब. पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले जानकारी दिए ।
दार्चुला जस्तो बिकट क्षेत्रमा बिबिध चुनौतिका बीच उत्कृष्ट काम गरेको मुल्याङकनका आधारमा जोशीलाइ सम्मानित गरीएको धामीले बताए ।