सलमान खानसहित पाँच दर्जन कलाकारहरु काठमाडौं आउँदै !

 366 पटक हेरिएको

काठमाडौंको टुडिखेलमा ‘दबंग द टुर नेपाल’ नामक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा भारतीय सुपस्टार सलमानखानसहित पाँच दर्जन कलाकारको उपस्थिति रहने छ ।

आगामी फागुन २६ गते शनिबार भारतीय सुपस्टार सलमानखानसहित पाँच दर्जन कलाकारहरु ‘टुबोर्ग प्रिजेन्स दबंग द टुर नेपाल’ कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेपालमा गएको विनाशकारी भूकम्प र नाकाबन्दीपछि मुलुकको पर्यटन क्षेत्रमा परेको नकरात्मक प्रचारलाई न्यूनीकरण गरी विश्व समुदायमा नेपाल सुरक्षित गन्तब्य रहेको सन्देश दिने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान पनि सहभागी हुनेछन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् ।
कन्सर्टमा ५० हजार दर्शकश्रोता सहभागी हुने अनुमान गरिएको छ । यसको तयारीका लागि बलिउड नायक सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार