के नायिका रेखा थापालाई फिल्म नफापेको हो ?

 734 पटक हेरिएको

रेखा थापाको जिन्दगीमा केही पनि सही चलिरहेको छैन। न राजनीति, न फिल्म। आफ्नो ब्यानरका मात्रै फिल्म खेल्ने रणनीतिअन्तर्गत आफैँ फिल्म पनि बनाउने र खेल्ने पनि गर्दा रेखालाई फिल्म फापेकै थियो तर अघिल्लो वर्ष उनले आफैँले बनाएको नियम तोड्दै लगालग दुई फिल्म गरिन्, ‘पलाँस’ र ‘डायरी’। तर, दुवै फिल्मले निर्माता नराम्ररी डुबाए। हुँदाहुँदा आफैँले बनाएको ‘रुद्रप्रिया’ले पनि यसपालि रेखालाई रुवायो।

यही बीचमा रेखाले ‘रुद्रप्रिया’कै इन्भेस्टमेन्ट पार्टनरले बनाएको फिल्म ‘राज्जा रानी’ मा केमियो गरेकी थिइन्, तर त्यो पनि हलमा धेरै दिन टिकेन। फिल्ममा रेखाले एउटा आइटम र केही दृश्यमा अभिनय गरेकी थिइन्। नेपालमा ‘केमियो’लाई सकभर लुकाउने गरिन्छ।

एकदमै चलेको स्टारले अभिनय गरेको भए, त्यस्तो केमियो हलमा देखिँदा सरप्राइज लाग्छ। तर, आफ्नै फिल्ममा दर्शकमा जादू चलाउन नसकेकी रेखाको केमियो सस्पेन्स राखेर निर्माण टिमले के गर्न खोजेको थियो, उनीहरू नै जानून्। तर, फिल्ममा फ्लप हुँदै आएकी रेखालाई यो पल्ट केमियो पनि फापेन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार