बुटवलदेखि पाल्पाको नुवाकोटसम्म केबुलकार सञ्चालन हुने

 203 पटक हेरिएको

रुपन्देही । बुटवलदेखि पाल्पाको नुवाकोटसम्म केबुलकार सञ्चालन हुने भएको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका स्थलहरुको प्रचार प्रसार तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले संचालन गरिने सो केबुलकारको लम्बाई २ हजार १ सय मिटर रहने छ ।

कुल १ अर्ब १० करोडको लगानीमा निर्माण सम्पन्न हुने सो केबुलकार आगामी सन. २०२० को जनवरीमा संचालन हुने जनाइएको छ ।

दैनिक ५ हजार भन्दा बढी यात्रुभार क्षमताको सो केबुलकारको लागि जग्गा ब्यबस्थापन लगायतका आवश्यक तयारी भैरहेको सिद्धार्थ केबुलकार प्रालिले जनाएको छ ।

बुटवलको जीतगढी किल्लादेखि मणिमुकुन्द सेन उद्यान हुँदै नुवाकोट गढीसम्म पुग्ने सो केबुलकारबाट तराई, पहाड र हिमालका मनोरम दृष्यहरु एकैसाथ अवलोकन गर्न सकिने छ ।

केबुलकारको संचालन पछि यसक्षेत्रका ऐतिहासिक धार्मिक एवं पुरातात्विक महत्वका स्थलहरुको संरक्षण, बिकास र प्रचारप्रसार हुनुका साथै पर्यटन प्रबद्र्धन भै आर्थिक बिकासमा समेट टेवा पुग्ने बिश्वास बुटवलबासीले गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार