मधेस आन्दोलनका अगुवा यादवले दान गरे आँखा

 155 पटक हेरिएको

सिरहा । पहिलो मधेस आन्दोलनमा सिरहमा अगुवाई गरेका कृष्णबहादुर यादवले आज आफ्नो आँख दान गरेका छन् ।
आज भएको ११ औं बलिदानी दिवसको अवसरमा आन्दोलनकारी कृष्णदेव यादवले आफ्नो आँखा दान गरेका हुन् ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा उनले मरनोपरान्त दुबै आँखा दान गर्ने सम्झौता गरेका हुन् ।
०६३ माघ २ गते अन्तरिम संविधान जलाउँदा राजधानी काठमाडौंमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादबलगायतका २८ नेतालाई प्रहरीले समातेका थिए ।
त्यसपछि लहानमा यादबकै नेतृत्वमा आन्दोलन हुँदा माओवादीले चलाएको गोली लागेर रमेश महतो सहिद भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार