नेता नविन्द्रराज जोशीलाई पितृशोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीलाई पितृशोक परेको छ । नेता जोशीका पिता गजेन्द्रराज जोशीको ८३ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो । उनी दम सम्वन्धी रोगबाट पीडित थिए ।

उनको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु, पार्टी एवम् शुभेच्छुक संस्थाका कार्यकर्ताहरु र स्वर्गीय जोशीका आफन्तजनहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार