मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी


मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । कामचलाउ अवस्थामा रहेको सरकारले आजको बैठकबाट प्रदेशको अस्थायी मुकाम र लगत्तै प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख अहिले नै नतोक्न गर्दै आएको आग्रहलाई वेवास्ता गर्दै सरकारले निर्णय लिन लागेको हो । प्रदेश प्रमुख नतोकिए प्रदेशसभाका जनप्रतिनिधिले सपथ समेत लिन नसक्ने भएकाले ‘स्वतन्त्र’ व्यक्तिलाई प्रमुखको रुपमा तोक्न लागिएको सरकारको तर्क छ ।

पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगन्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल तोक्ने तयारी भएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार