डा. बाबुराम भट्टराई परिवारसहित मिस्टर झोले हेर्न हलमा

काठमाडौ । नायक दयाहाङ राईको चलचित्र मिस्टर झोले हेर्न नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई परिवारसहित सिनेमा हल पुगेका छन् ।

चलचित्र हेर्न डा. भट्टराई सँगै उनकी पत्नि र छोरी पुगेका थीए ।चलचित्र हेरेपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,

“दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है ”

रामबाबु गुरुङ निर्देशित यो चलचित्र दयाहाङ राई, वर्षा राउत, दिया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार