नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्षीय पारस लोहोनी छन् ।
पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेका थिए ।
प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए ।
उनीबिरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी सम्बन्धि मुद्दा अनुसन्धानको क्रममा रहेको बताइएको छ ।