आठ वर्षीय बालकलाई प्रहरीले गोली हानि मारिएपछि…

एजेन्सी । आँगनमा हजुरबुवासँग खेलिरहेको आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले सबैलाई आश्चर्यमा पारेका छन् । यो घटना बुधबार भारतको उत्तर प्रदेशमा भएको हो ।

उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेको तर गोली कसरी त्यहाँसम्म आइपुग्यो भन्ने बारेमा भने सबैलाई आश्चर्य लागेको छ । मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका ती बालकका हजुरबुवाले प्रहरीले नै गोली प्रहरी गरेको बताउछन् । गाउँलेले गोली हान्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन । उनीहरुले गाउँमा रहेको प्रहरी चौकी घेराउ गर्ने पनि चेतावनी दिएका छन् । प्रहरीले आपराधिक गिरोहको इन्काउन्टर गर्न हानेको गोली बालकलाई लागेको स्थानीयले आरेप लगाएका छन् ।

उत्तर प्रदेशको सरकार योगी आदित्यनाथले सम्हाले यता विभिन्न ९ सय इन्काउन्टरमा ३२ जना मारिएका छन् । मुख्यमन्त्री योगी र उच्च प्रहरी अधिकारीले अपराधप्रति कडा व्यवहार देखाउने जनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार