सिरियामा भएको भिडन्तमा दर्जनौ मानिसको मृत्यु

सरकारको नियन्त्रणबाट लगभग बाहिर रहेको सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको जनाइएको छ ।

इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने एक स्थानमा सरकारी सुरक्षाकर्मी र जिहादी लडाकूबीच शुक्रबार बिहानैदेखि भिडन्त भएको समाचारमा जनाइएको छ । अल तामाना क्षेत्रमा अहिले पनि भइरहेको भिडन्तमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको सिरियन अब्जर भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

ती सर्वसाधारण सरकारको समर्थनगर्दै आएको रसिया आवद्ध युद्धक विमानको आक्रमणमा मारिएका हुन् । यस आक्रमणमा केही सैनिक र अल कायदा आवद्ध फतेह अल सामका लडाकू पनि परेका अब्जरभेटरीले जानकारी दिएको छ । तर उनीहरु के कतिको सङ्ख्यामा छन् भन्ने बारेमा भने केही बताइएको छैन ।

मारिएकामध्ये कम्तीमा २१ जना सर्वसाधारण नागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायतमा आधारित मानवअधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार